Logo
१७ बैशाख २०८१, सोमबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सोलुखुम्बुको खरीखोलामा पनि नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

सोलुखुम्बु : नेपाल इन्भेष्टमेण्ट बैंकले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका १ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङ ल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।

उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तिय साक्षरता पनि अभिबृद्धि हुने बताए । बैंकले खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिका अन्तर्गत वडा नं। ५ नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ ।

यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्य दुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गनुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्नेछ ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्