Logo
१८ बैशाख २०८१, मंगलबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा वैदेशिक लगानी भित्रन नदिन चलखेल भएको आशंका, प्रधानमन्त्रीले जनाए आपत्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चलखेल भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । ओलीले चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको दावी गरे ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्