Logo
१८ बैशाख २०८१, मंगलबार
(February 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिउँले ढपक्कै ढाकियो चन्द्रागिरिसंगै काठमाडौँका डाँडाहरु (फोटो फिचर) 

काठमाडौं : शनिबार बिहानदेखि काठमाडौँका अग्ला डाँडाकाँडा हिउँले सेताम्ये भएका छन् । बिहीबारदेखि परेको लगातारको झरीले लामो समयपछि १८ सय मिटरको उचाईसम्म हिमपात भएको हो ।

लगातारको बर्षातपछि भएको हिमपाले फूलचोकी, चन्द्रागिरि, शिवपुरी, नागार्जुन, कपन गुम्बा, बूढानीलकण्ठसहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिउँ परेपछि चन्द्रागिरि र फूचोकीसहितका क्षेत्रमा हिउँ खेल्नेको लर्को लागेको छ ।

हिमापत र बर्षात् भएपछि काठमाडौँमा पनि अत्यधिक चिसो भएको छ ।  गत बिहीबारबाट निरन्तर वर्षा भएसँगै चन्द्रागिरी डाँडामा फेरी हिउँ परेको छ। गत शुक्रबारबाट पश्चिमी वायुको प्रभावले देशभर वर्षा भईरहेको छ।

वर्षापछि चिसो बढेसँगै काठमाडौँको चन्द्रागिरी, फुलचोकी लगाएतका डाँडाँहरुमा हिउँ परको हो। आज चन्द्रागिरी डाँडामा बनेको भालेश्वर महादेव मन्दिरसँगैको संरचना पूरै हिउँले ढाकिएको छ।

यसअघि गत पुस २३, २४ र माघ ९ गते पनि चन्द्रागिरी, फूल्चोकी, कालिन्चोक लगायतठाउँहरुमा हिउँ परेको थियो। आज हिउँ सँगै निरन्तर वर्षा भईरहेकाले हिउँ परेका ठाउँमा आन्तरिक तथा बह्य पर्यटक जाने सम्भावना भने कमै रहेको छ।

यसै गरी कास्कीको सिक्लेस लगाएतका ठाउँमा पनि एक इन्च भन्दा बाक्लो हिउँ परेको छ।

फोटो फिचर : 

म्याग्दीको सदरमुकाम बेनीबजारको मंगलाघाटबाट बेनी नगरपालिका –३ भकिम्लीमा भएको हिमपातको दृश्य । बेनी नगरपालिकाका विभिन्न गाउँहरुमा समेत बाख्लो हिमपात भएपछि । यहाँका स्थानीय बासिन्दा घर बाहिर निस्कन सकेका छैनन । पानी जमेपछि धारामा पानी समेत खस्न सकेको छैन । तस्वीर : धु्रबसागर शर्मा,गलेश्वर (म्याग्दी)
हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा रमाउँदै सिमकोटका स्थानीय युवाहरु । तस्वीर : दाने बोहरा हुम्ला
हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा खेल्दै सिमकोटका स्थानीय युवाहरु । तस्वीर : दाने बोहरा हुम्ला
तीनदिन देखिको लगातारको वर्षापछि म्याग्दीको तल्लो क्षेत्र बेनी नगरपालिकाको¬–२ ज्यामरुककोटमा भएको हिमपात । तस्वीर : धु्रबसागर शर्मा,गलेश्वर (म्याग्दी)

प्रकाशित मिति: Feb 9, 2019

प्रतिक्रिया दिनुहोस्