Logo
१८ बैशाख २०८१, मंगलबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिकाले चलायो मोबाइल एप्स, सुविधा सम्पन्न बन्दै बैतडीको दोगडाकेदार

बैतडी : आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोवाईल एप्स संञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मंगलवारवाट गाउँपालिकाको मोवाईल एप्स सुरु गरेको आईटी अफिसर जनक बहादुर विष्टले बताए ।

यो एप्सबाट गाउँपालिकाका सुचना लगाएत सबै क्रियाकपालहरु हेर्न र पढ्न सकिने भएको छ। साथै गाउँपालिकाका कामबार बारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । दोगडाकेदार नामक यो एप्स डाउनलोड गरेर प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रम मार्फत गाउँपालिकामा मोवाईल एप्स संञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

यो एप्सले गाउँपालिकाका नागरीकहरुलाई सहज हुने विश्वास गरीएको छ । यसैबिच बैतडीको दोगडाकेदार गाउँपालिकाले दुईओटा विद्यालयमा सरसफाईका सामग्री वितरण गरेको छ । दोगडाकेदार गाउँपालिका ६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वडा न. ५ स्थित न्वाली मावि दोलीमा मंगलवार सरसफाईका सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

विद्यालयका विद्यार्थीहरु र विद्यालयको वातावरण सरसफाईमा राख्न सहज होस भन्ने उद्देश्यले सरसफाईका सामग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई साबुन कोलगेट देखि लिएर कक्षा ८ देखि सम्म छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरिएको न्वाली स्वास्थ्यचौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिए । विद्यालयमा फोहर व्यवस्थापनका लागि डस्टबीन, फोहर जलाउने कन्टेनर, पानी शुद्धीकरणका लागि फिल्टर लगायतका सामग्री वितरण गरिएको छ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्