UAE विरुद्ध पहिलो टी-२० मा सन्दीपले दिलाए चौथो सफलता
काठमाडौं : UAE विरुद्धको पहलो टी-२० श्रृंखलाको पहिलो खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । UAE को आइसिसी ग्लोबल एकेडेमी क्रिकेट ग्राउन्डमा भइरहेको खेलमा टस जितेर बलिङ रोजेको नेपाललाई चौथी सफलता मिलेको हो ।
सन्दीपले नेपालका लागि महत्वपूर्ण विकेट लिएका हुन् । उनले साहिमान अनवार र महमुद उस्मानबीचको ६१ रनको साझेदारी तोडेका हुन् । खेलमा दोस्रो विकेट लिने क्रममा सन्दीपले उस्मानलाई आउट गरेका हुन् । उस्मानलाई ३० रनमा आउट गरिएको हो ।
UAE ले १५ ओभरमा चार विकेटको क्षतिमा ११४ रन बनाएर खेलिरहेको छ । नेपाललाई तेस्रो सफलता बसन्त रेग्मीले दिलाएका थिए । बसन्तले सिपी रिजवानलाई आउट गरेका हुन् । यसअघि नेपाललाई सोमपाल कामीले दिलाएका हुन् । सोमपालले UAE का गुलाम साबेरलाई आउट गरेका हुन् । यसअघी नेपाललाई पहिलो सफलता सन्दीप लामिछानेले अस्फाक अहमदलाई दुई रनमा आउट गरेका थिए ।