Logo
१८ बैशाख २०८१, मंगलबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्यवस्थापनमा अटेरी गरेपछि जनकपुर स्थित राराब क्याम्पस प्रमुखलाई कालोमोसो

जनकपुरधाम : जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पस (राराब) का प्रमुख विजयलाल दासलाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो देलेका छन् ।

क्याम्पसको अवस्था धारासायी भएपछि पटक पटक सुधार गर्न आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै आईतवार दिउँसो विद्यार्थीहरुले उहाँलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

राजपा नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघको अगुवाईका विद्यार्थीहरुले आईवार दिउँसो पौने २ बजे कार्यकक्षमै पसेर कालोमोसे गरेको संघका केन्द्रिय महासचिव रञ्जित निष्पक्षले जानकारी दिएका छन् ।

उनका अनुसार कालोमोसो पश्चात विद्यार्थीहरुले दिउँसो पौने ३ बजेसम्म अर्थात १ घण्टा प्रमुख दासलाई कार्यकक्षा भित्रै थुनेका समेत छन् ।

क्याम्पसमा नियमित पठन पाठन हुनुपर्ने, राम्रो प्रोफेसरको व्यवस्था हुनुपर्ने, कक्षाकोठामा विजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने, शौचालय व्यवस्थित हुनुपर्ने लगायतको १६ बुँदे माग सहित राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुखलाई ज्ञापन बुझाएका थिए ।

तर ज्ञापन पश्चात समेत क्याम्पसको अवस्था सुधार नभएको र क्याम्पस प्रमुख दासले अटेरी गरेको भन्दै बाध्य भएर कालोमोसो दलेको विद्यार्थी संघले जनाएको छ ।

कलोमोसो दल्ने समयमा राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय सह सचिव अशोक यादव, संघका राराब ईकाई कमिटी अध्यक्ष दिनेश यादव र अन्य संघसंस्था तथा क्याम्पस लगायत पाँच दर्जन विद्यार्थीहरुको उपस्थिति रहेको जनाएको छ ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्