Logo
१८ बैशाख २०८१, मंगलबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनावश्यक आरोप नलगाऔं, संघीयता सफल पार्न कर्मचारीको पूर्ण सहयोग छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता सफल पार्न कर्मचारीले सरकारलाई पूर्ण सहयोग गरेको बताएका छन् । आवश्यकताअनुसारका कर्मचारी नहुँदा प्रदेशहरुमा कर्मचारीको अभाव भएको हुनसक्ने तर साथ नदिएको आरोप भने लगाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयता असफल पार्न कर्मचारीले भूमिका नखेलेको बताएका हुन् । ‘कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञजस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरुले जाने बुझेअनुसार सहयोग नै गरेका छन् ।’

‘सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ताहरुलाई मौका दिनुहुदैन ।’ लोकतन्त्रविरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

देशमा अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनकोे प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदम चाल्ने प्रधानमन्त्रीको भनाइ रहेको छ । ‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

अब चाहिएको कुन व्यवस्था हो रु यही व्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण अनेक नाममा बखेडा किन झिक्ने रु यो त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काम मात्र हो ।’ उनले मुख्यमन्त्रीहरुलाई अधिकारको लडाई होइन की बरु समन्वाय गर्न आग्रह गर्दै समयअनुसार सबैकुरा मिल्दै जाने बताए ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्