Logo
१८ बैशाख २०८१, मंगलबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना चुहाएको आरोपसहित नेकपाद्वारा चार कार्यकर्ता निष्काशित

नेपाल कम्युनिष्ट पार्टीले पार्टीको मध्य केन्द्रीय कमाण्ड अन्तर्गत कार्यरत ब्युरो सदस्य प्रभात चलाउने, जिल्ला समिति सदस्यहरू जमदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदिप वर्देवालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी अनिश्चितकालका लागि निष्कासन गरेको छ ।

नेकपा मध्य केन्द्रीय कमाण्डका इन्चार्ज सुदर्शनले जनाएअनुसार उनीहरूमाथि पत्रकार संगठनका साथै पार्टी नीतिविरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको, पार्टी एवम् नेतृत्वका विरुद्ध सामाजिक संजालहरूमा भ्रामक समाचार दिएको र सार्वजनिक रुपमा जिम्मेवार साथीमाथि हातपात गरेको अभियोगका आधारमा कारवाही गरिएको हो ।

उता कारवाहीमा परेका व्यक्तिहरूले सार्वजनिक वक्तव्यमार्फत् आफूहरूमाथि लागेको आरोपको खण्डन गरेका छन् । प्रभात चलाउने, जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुषाल र सुदिप बर्देवाद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘विधि, पद्धति, अनुशासन नेताहरुमा लागु हुने कुरा हो कि होइन ? कुनै नेताका बारेमा आफूलाई लागेको कुरा आन्तरिक बैठकमा राख्न पाइन्छ कि पाइँदैन ? यो पार्टी र आन्दोलन विकास गर्न हामी कार्यकर्ताको कुनै योगदान छ कि छैन ? लामो समयदेखि आन्दोलनमा लागेका कार्यकर्ताको राजनीतिक जीवन नेतालाई रिस उठेका दिन एउटा विज्ञप्तिले सिध्याउन मिल्छ ?’

‘हामी हामीले बोकेको राजनीतिक आस्था र विचारमा सधै प्रतिबद्ध छौँ’ भन्दै सो विज्ञप्तिमा आफूहरूमाथि गरिएको व्यवहारका कारण आन्दोलनमा पर्ने असरका बारेमा चिन्ता लागेकोले यसबारे छिटोभन्दा छिटो पहल लिन पार्टी नेताहरूलाई अनुरोध गर्छौं भनिएको छ ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्