Logo
१८ बैशाख २०८१, मंगलबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमिकाले धोका दिइरहेकी त छैन ? : प्रेमिकाले धोका दिँदैछिन भन्ने लागेमा के गर्ने ?

एजेन्सी : हामी वैंशालु उमेरमा गरिने प्रेमलाई लहड मात्र ठान्छौं । तर, हरेकले यस चरणवाट गुज्रन्छन् । जीवनमा प्रेमको पनि अनुभूति त लिनैपर्‍यो ।

खासमा भन्ने हो भने एकअर्का बीच विश्वासमा कमी भएमा एक राम्रो प्रेम सम्बन्ध पनि बिग्रन सक्छ । आजकालको व्यस्त जीवनशैली र कामको सिलसिलामा एक अर्कासँग टाढा हुनुपर्ने कारणले पनि धेरैको प्रेम सम्बन्ध टुट्ने गरेको छ ।यदि प्रेमसम्बन्धमा हुनुहुन्छ भने हामी कामना गर्छौं तपाईको प्रेमसम्बन्ध कहिल्यै नटुटोस् ।

तपाईको प्रेम सम्बन्ध सफल होस् भन्ने कामना गर्छौं । तर, यदि तपाईको प्रेमसम्बन्धमा खटपट आएको छ भने तपाईले यसबारेमा सोच्ने बेला आएको छ ।

यदि तपाईको प्रेमिकासँग पहिले धेरै राम्रो सम्बन्ध थियो तर आजभोलि केहि सम्बन्ध सुमधुर छैन  आफ्नो प्रेमिकाले धोका दिइरहेकी छिन् भन्ने शंका लागेको छ भने जतिसक्यो चाँडै यस विषयमा जानकारी भयो त्यति नै राम्रो हुनेछ ।

आफ्नो प्रेमिकाले धोका त दिइरहेकी छैनन् भन्ने लागेको छ भने उनी के के गर्छिन् उनको बानीब्यहोरामा भएको परिवर्तनलाई नियाल्नुभयो भने त्यसबाट धेरै कुरा थाहा पाउन सक्नुहुन्छ ।

कसरी थाहा पाउने :

  • उनी आफ्नो रुपरंगलाई कति ध्यान दिन्छिन्
  • तपाईको परिवारसँग टाढा हुन खोज्दैछिन
  • तपाईको नजिक आउन खोज्दिनन्
  • तपाईलाई ध्यान दिन बन्द गर्छिन

प्रेमिकाले धोका दिँदैछिन भन्ने लागेमा के गर्ने :

यदि तपाईलाई आफ्नो प्रेमिकाले धोका दिँदैछिन जस्तो लागेको छ भने पहिले तपाईले नै पहिले उनलाई छोडिदिनुहोस् । दुनियाँमा तपाईको लागि अरु पनि धेरै युवतीहरु हुन्छन् जसले असल मानिसलाई मनपराउँछन् ।

यदि तपाईलाई पनि यस्तो चिन्ता हुन्छ भने तपाईको प्रेमिकाको हालचाल ठिक छैन जस्तो लाग्छ भने तपाईले उनको बानीब्यहोरा नजिकबाट नियाल्नुपर्छ । उनले यो धोका घडीबाट बच्नको लागि सकेसम्म तपाईलाई नीच देखाउने कोसिस गर्छिन् ।

तपाईले धेरै प्रयास गर्दा पनि सम्बन्ध सुधार गर्न सक्नुभएन र उनको स्वभाव परिवर्तन हुँदै गएको छ जसले सम्बन्धमा फाटो आउन थालेको छ भने तपाईले उनको साथ छोडेर जानुको अर्को विकल्प हुँदैन । यदि तपाईले समयमै यस निर्णय गर्नुभएन भने यसले पछि तपाईको नै समय खराब बनाउने छ । त्यसैले बेलैमा सचेत हुनुहोस् ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्