Logo
१८ बैशाख २०८१, मंगलबार
(December 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय ज्यापु दिवसको अबसरमा योमरीसहित र्‍याली

काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ ।

त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए । सो र्‍याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताए । त्यसै अन्तर्गतको ज्यापु समुदायले नेपालमा मौलिक कला, संस्कृति र कला कौशलको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रशंसा गरे । तिनलाई जोगाउनु सबैको कर्तव्य भएको पनि उनले बताए । नेपाल सरकारले ज्यापु संस्कृतिको विकासका लागि अक्षय कोष स्थापना गरेको जानकारी पनि उनले दिए ।

प्रकाशित मिति: Dec 8, 2022

प्रतिक्रिया दिनुहोस्