Logo
२२ बैशाख २०८१, शनिबार
(April 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतलमा मुद्दा दायर गरेको हो ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली ३ का वडाध्यक्ष सालिग्राम एडीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरूले हुम्लाको सुकिचौरै हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा भएकोभन्दा बढी कामको मूल्यांकन गराएको, झुटा बिल तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली र असिस्टेन्ट सव इन्जिनियर बुढाबाट २ लाख २२ हजार बिगो मागदाबी गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाट पनि २ लाख २२ हजार मागदाबी गरिएको छ ।

चंखेली गाउँपालिका वडा नं ३ का अध्यक्ष सालिग्राम ऐडीले निर्माण सम्पन्न नभएको बाटोलाई भयो भनी सिफारिस गरी सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याएको भन्दै अख्तियारले सजायको मात्रै माग गरेको छ ।

प्रकाशित मिति: Apr 25, 2024

प्रतिक्रिया दिनुहोस्