Logo
१८ बैशाख २०८१, मंगलबार
(December 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने जनाइएको छ ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति: Dec 4, 2022

प्रतिक्रिया दिनुहोस्