प्रेमिकाको मृत्युपछि विक्षिप्त बने, कुकुरले बनायो विश्व कीर्तिमान
अमेरिकाको न्यु जर्सीका टम टर्किचले आफ्नो कुकुरसँग पैदल यात्रा गरी ३८ देशको यात्रा गरे को र सात वर्षको यात्रामा टमलाई साथ दिने कुकुर सवानाहले विश्व कीर्तिमान बनाएको छ ।
टम टर्किचले आफूले गरेको यात्रा पाँच वर्षमा पनि पूरा गर्न सकिने बताउँदै कोरोना महामारीका कारण आफूलाई थप दुई वर्ष लागेको बताए ।
वास्तवमा टमकी प्रेमिका मेरीको सन् २००६ मा एक दुर्घटनामा मृत्यु भएपछि उसलाई लाग्यो – जीवन छोटो छ । त्यसैले उनले संसार घुम्ने अठोट लिए । टमले पैसा संकलन गर्न सुरु गरे । कलेज पढ्दै गर्दा गर्मीको छुट्टीमा काम गर्दै टमले दुई वर्षसम्म घुम्नका लागि पैसा जम्मा गरे ।
सन् २०१५ मा टमले आफ्नो २६ औँ जन्मदिनमा यो यात्रा सुरु गरेको र यात्रामा आफूले थुप्रै उतार चढाव देखेको बताए ।
यद्यपि, टमको यात्रालाई गिनिजि रेकर्डमा प्राविधिक समावेश गराउन सकिएन तर उनको कुकुर यति धेरै पैदल यात्रा गर्ने पहिलो जनावर भने बने ।
टम र सवानाहले दैनिक करिब ३० देखि ४० किलोमिटरको यात्रा गर्दथे र धेरै रात क्याम्पमा नै बिताउने गर्दथे ।