Logo
२९ असार २०८१, शुक्रबार
(June 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टी २० विश्वकप: नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरूद्ध खेल्ने

काठमाडौं । आइसीसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरूद्ध आज राति आफ्नो पहिलो खेल खेल्दैछ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार राति सवा नौ बजे हुँदैछ । आजको खेलपछि नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध दोस्रो खेल खेल्नेछ । यो खेल फ्लोरिडामा हुने छ । यस्तै  नेपालले  १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध खेल्नेछ  । यी दुबै खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट रंगशालामा  हुने छन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी रहेका छन् ।

प्रकाशित मिति: Jun 4, 2024

प्रतिक्रिया दिनुहोस्