Logo
२९ असार २०८१, शुक्रबार
(June 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दश वर्षपछि विश्वकप क्रिकेटमा खेल्दै नेपाल : रास्वपाका सांसदहरुले जर्सी लगाएर दिए शुभकामना

आइसिसी टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो ।

काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालले दोस्रोपटक टी-२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् ।

तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी-२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले जर्सी लगाएर शुभकामना दिएका छन् । उक्त सांसदहरुले सांसद भवनबाट शुभकामना दिएका हुन् ।

 

प्रकाशित मिति: Jun 4, 2024

प्रतिक्रिया दिनुहोस्