Logo
२५ बैशाख २०८१, मंगलबार
(June 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध (सूचनाको पूर्णपाठ सहित)

नेपाल सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारको निर्णयअनुसार अब बैंकिङ, विद्युत् र बिमा सेवामा पनि हड्ताल गर्न नपाइने भएको छ ।

सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट मालसामान ओसारपसार गर्ने यातायात सेवा र हवाई अड्डा वा हवाई जहाजको देखभाल त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने निर्णय गरेको हो ।

जेठ ११ मा बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

राजपत्रमा प्रकाशित सूचनाको पूर्णपाठ : 

प्रकाशित मिति: Jun 10, 2022

प्रतिक्रिया दिनुहोस्