Logo
१८ बैशाख २०८१, मंगलबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खराब मौसमका कारण पोखरा, भरतपुर र सुर्खेतको उडान प्रभावित

खराब मौसमका कारण भरतपुर, सुर्खेत र पोखराको उडान प्रभावित भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको हो ।

भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा १६ सय मिटर आईएफआर छ । भिजिबिलीटी कम हुँदा ट्राफिक फ्रिक्वेन्सी घटेको कार्यलय स्रोतले बताएको छ । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्