Logo
१८ बैशाख २०८१, मंगलबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

गत मंगलबारदेखि लगातार बृद्धि भइरहेको सुनचाँदीको मुल्य आज आइतबार नेपाली बजारमा घटेको छ । आज सुनको मुल्य तोलामा ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार २ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्