Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा बाढीका कारण ४६ जनाको मृत्यु

मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण यहाँका कम्तीमा पनि ४६ जनाको मृत्यु भएको छ ।

यहाँ केही दिन यतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको मृत्यु भएको बताइएको हो । यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् ।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ । साथै ती क्षेत्रमा अझै पनि भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।(सिन्ह्वा)

प्रकाशित मिति: Dec 26, 2021

प्रतिक्रिया दिनुहोस्