Logo
१५ बैशाख २०८१, शनिबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतमा तोकियो ११ वटा इजलासमा १३६ मुद्दाको पेसी

सर्वोच्च अदालतमा आज सुनुवाइका लागि ११ वटा इजलास गठन भएको छ । उक्त इजलासमा बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिए पनि  सुनुवाइ भने सुरु हुन सकेको छैन ।

सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।

सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तरिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

कोरोना संक्रमणको कारण सोमबार अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज डिस्चार्ज भई घर फर्किएका छन् ।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्