Logo
२६ बैशाख २०८१, बुधबार
(October 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु, दुई घाइते

छिमेकी देश भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको पहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको छ ।उक्त घटनामा परी दुई जना घाइते भएका छन् ।

जिल्ला धिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए ।

लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्र्दा उनीहरुलाई पुरिएको समाचारमा जनाइएको छ । घटनामा घाइते दुई जनालाई अस्वपताल भर्ना गरिएको छ । राज्य सरकारले मौसममा सुधार नआउँदासम्म हिमालय क्षेत्रका मन्दीरमा नजान आग्रह गरेको छ ।

प्रकाशित मिति: Oct 18, 2021

प्रतिक्रिया दिनुहोस्