Logo
१७ बैशाख २०८१, सोमबार
(October 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुगु बस दुर्घटना अपडेट : मृत्यु भएका ३२ मध्ये २४ जनाको सनाखत

कर्णाली प्रदेश अन्तर्गत रहेको मुगु जील्लामा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको छ ।

मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका-७ पिनाटपने दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएको छ ।

उक्त दुर्घटना पछि अहिले मुगु शोकमा डुबेको छ ।जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृत्यु भएको छ ।

यस्तै, छायानाथ रारा नगरपालिका १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक (कामी), ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालुको मृत्यु भएको छ ।

वडा नम्बर १० कै २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विकको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा छायानाथ रारा नगरपालिका वडा न १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी, वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउतको ज्यान गएको छ ।यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षीय प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ।

दुर्घटनामा ज्यान गुमाएका अन्यको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ४५ यात्रु सवार बस भिरालो कच्ची बाटोबाट करिब २ सय मिटर तल खसेको थियो । बस दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति: Oct 13, 2021

प्रतिक्रिया दिनुहोस्