Logo
१८ बैशाख २०८१, मंगलबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले दिए राजीनामा

जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले राजीनामा दिएका छन् । झाले मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् ।

‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारी वाट राजीनामा दिएको छु’ झाले बताएका छन् ।

जसपाको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठुलो पद आफूले पाएको बताए ।

उनले भनेका छन्, ‘म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋणी रहिरहनेछु’।प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्