Logo
२५ बैशाख २०८१, मंगलबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको डडेलधुरामा पुनः वडा अधिवेशन गर्न रामचन्द्र पौडेल समूहकाे माग

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ । साथै बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने बताएको छ ।

साथै डडेलधुरामा देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्‍याउनसमेत खबरदारी गरेको छ ।

‘जुन किसिमको भयो भनिएको छ, त्यसलाई स्वीकार गर्न तयार छैन’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘महाधिवेशन निष्पक्ष हुन्छ भनेर सभापतिले डडेलधुराबाटै विश्वास दिलाउनुपर्छ ।’

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्