Logo
५ जेष्ठ २०८१, शनिबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा, काममा फर्किन आग्रह

अफगानिस्तानमा तालिबानले सबै सरकारी अधिकारीहरूलाई आममाफी दिने घोषणा गरेको छ ।

मङ्गलवार एक विज्ञप्ति जारी गर्दै तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गर्दै यस्तो घोषणा गरेको हो ।

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै मानिसहरूमा डर, त्रास र आशङ्का देखिएको बेला तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत गर्दै उल्लेख गरेको छ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरूले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ ।’

 

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्