Logo
२६ बैशाख २०८१, बुधबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट १० लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो, भोलि थप १० लाख डोज ल्याउँदै

चीनबाट कोरोनाविरुद्धको थप १० लाख डोज भेरोसल खोप आज अपरान्ह काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे अवतरण गरेको हो ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

 

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्