Logo
१८ बैशाख २०८१, मंगलबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवसायीले भाडा समायोजन र कोरोना खोपको माग गर्दै निकाले विरोध र्‍याली

काठमाडौंमा आज यातायात व्यवसायीहरुले भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका छन् ।

बिहीबार बिहान व्यवसायीहरुले आ-आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।

काठमाडौंको बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ । र्‍यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन देखिन्छ ।

साना-ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या पनि देखिएको छ ।

 

 

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्