आज देशभर २४४५ जनामा कोरोना पुष्टि, ३२ संक्रमितको मृत्यु
नेपालमा आज थप २४४५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १२५८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भइसकेका छन्। त्यस्तै २४ घण्टामा ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ।
देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २२ हजार ३३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५०३ संस्थागत आइसोलेसनमा रहेका छन।
संस्थागत आइसोलसनमध्ये ५६४ जना आइसियुमा र १५५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।