Logo
१८ बैशाख २०८१, मंगलबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्करीमा परेका ४४ महिला UAE अध्यागमनद्वारा फिर्ता

काठमाडौं, मानव तस्करहरुले बिना भिसा संयुक्त अरब इमिरेट्स (युएई)को दुबई विमानस्थलमा पुर्‍याएका ४४ जना नेपाली महिलालाई फिर्ता पठाएको छ ।

मानव तस्करहरुले ती महिलालाई इराक, युएई, ओमन, कुवेत र सिरिया पठाउन तीन दिनअघि दुबई विमानस्थलभित्र ट्रान्जिटको रुपमा राखिएको थियो ।

लामो समयसम्म महिलाहरु विमानस्थलको ट्रान्जिटमा रहेको भेटिएपछि दुबई अध्यागमनले भिसा नभएको भन्दै दिल्ली पठाएको थियो । दिल्लीले नेपाल पठाइदिएको हो ।

दिल्लीबाट दुबईसम्म लैजाने एयर इन्डियाबाटै फिर्ता पठाइएको हो ।  ‘मानव तस्करहरुले दिल्लीबाट अनएराइभल भिसा पाउने भन्दै केन्याको टिकट देखाई पठाइएको थियो ।

दुबई पुगेपछि केन्याको टिकट रद्द गरी राखियो,’ दलालका गतिविधीलाई नजिकबाट नियालेका श्रोतले भने, ‘तर कसैको भिसा समयमा ननिस्किएकोले महिलाहरु थुप्रिंदै गए ।

दुबई अध्यागमनका अधिकारीहरुले सोधखोज गर्दा कसैको भिसा थिएन । कसैको भिसा भएपनि टिकट थिएन ।’ सरकारले घरेलु कामदारको रुपमा पठाउन रोके पनि भारत हुँदै खाडी देशमा लैजान मानवतस्करहरु सक्रिय छन् ।

ती महिलाकाे दिल्लीस्थित शिखा ट्राभल्सबाट टिकट जारी गरिएको थियो । कान्तिपुरमा समाचार छ ।  दुबईबाट मंगलबार १२ जना र बुधबार ३२ जना फिर्ता आएको अध्यागमन विभागका महानिर्देशक गंगाराम गिलालले बताए ।

फिर्ता पठाइएका महिलालाई सुरक्षीत आश्रयको लागि माइती नेपालमा पठाइएको छ । विभागले उनीहरुसँग छानविन गर्न थालेको छ । ‘हामी सबै एउटै दलालबाट गएको होइन ।

सबै विमानस्थलमै भेटिएको हो । हामी घरको काम गर्न लगिएको हो,’ एक महिलाले भनिन्, ‘दुई दिनसम्म दुबईमा विमास्थलमा बस्नुपर्‍यो ।’

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्