Logo
१८ बैशाख २०८१, मंगलबार
(July 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसङले ल्यायो नेपाली बजारमा ग्यालेक्सी एम३२, यस्ता छन् बिषेशता

नेपाली बजारमा सामसङले एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम३२ ल्याएको छ ।

यसमा ९० हर्जको रिफ्रेस रेटको साथ ६.४ इन्चको FHD+ Super AMOLED रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभवसमेत प्रदान गर्दछ ।

कालो, निलो, र सेतो गरी ३ आकर्षक कलरहरूमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु उपलब्ध रहेका छन् । यसको स्क्रिन ब्राइटनेस 800nits​ ले ग्यालेक्सी एम३२ लाई अझै शक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यस अघि M सिरिजहरुमा उपलब्ध रहेका थिएनन् ।

यसमा ६००० mब्ज व्याट्री तथा भर्साटाइट ६४ मेगा पिक्सलको क्वाड रियर क्यामरा रहेको छ । नयाँ ग्यालेक्सी एम३२ मा ६.४ इन्चको FHD+ Super AMOLED Infinity-U screen ​रहेको छ । यसमा Octa-Core MediatekHelio G80 processor ​रहेको छ ।

ग्यालेक्सी एम३२ 4/64GB ​लाई २४ हजार ९९९ मूल्य तोकिएको छ भने ग्यालेक्सी एम३२ 6/128GB ​भेरियन्टलाई २७ हजार ९९९ मूल्य तोकिएको छ ।

प्रकाशित मिति: Jul 9, 2021

प्रतिक्रिया दिनुहोस्