Logo
६ जेष्ठ २०८१, आईतबार
(June 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोपको पहिलो ‘मास्क फ्रि’ देश बन्यो इटाली !

इटाली युरोपको पहिलो मास्क फ्रि देश बनेको छ । इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ ।

सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ।

पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि इटालीले आफ्ना नागरिकलाई घर बाहिर निस्कदाँ मास्क लगाउनुनपर्ने नियम बनाएको छ ।

सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो।इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ। इटालीमा कोरोना संक्रमणका कारण हालसम्म एक लाख २७ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन्।

कोरोनाबाट त्यहाँ ४२ लाख ५९ हजार १ सय ३३ जनामा संक्रमित भएको वल्डोमिटरले जनाएको छ।

 

प्रकाशित मिति: Jun 30, 2021

प्रतिक्रिया दिनुहोस्