Logo
१७ बैशाख २०८१, सोमबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा एक सिपाही आफैँले हानेको गोली लागेर गम्भीर घाइते !

प्रदेशे नं २ स्थित वीरगञ्जमा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत एक सिपाहीले आफैलाई गोली प्रहार गरेका छन् । आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले आफैमाथि गोली प्रहार गरेका हुन्।

पोखरिया नगरपालिका–५ का चौहान आफैले चलाएको गोलीले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । उनले आत्महत्याको प्रयास गरेर आफैमाथि गोली चलाएको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्