Logo
१८ बैशाख २०८१, मंगलबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा प्रधानमन्त्री ओली र नेपालबीच वार्ता शुरू

सिंहदरबारमा नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरु भएको छ ।

प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् ।

दुई नेताले कार्यदलमार्फत विवाद समाधानको मस्यौदा माग्ने सहमति बमोजिम आज कार्यदल गठन हुने सम्भावना छ ।

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्