Logo
१८ बैशाख २०८१, मंगलबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन, भृकुटीमण्डपको धारामा २४ सैं घण्टा पानी

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको औपचारिक उद्घाटन गरेकी छन्।

काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले उक्त आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्।

सार्वजनिक उपभोगका लागि भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी सधैं  २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ।

मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ।काठमाडौंमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको हो।

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्