Logo
१८ बैशाख २०८१, मंगलबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरेन्द्र केएमको प्रश्न : सदैब झुलाएर राख्ने देउवा, प्रचण्डहरु मधेशीलाई बडो प्रिय किन ?

वीरेन्द्र केएम
अध्यक्ष : सिभिल मिडिया एण्ड रिसर्च सेन्टर

मधेशी मुद्दा र सरोकारमा सदैब ल्याङ्ग-ल्याङ्ग कुरा गर्ने, झुलाएर राख्ने, कुराएर राख्ने, आश्वासन दिएर/देखाएर राज गर्ने #शेरबहादुर देउवा, #रामचन्द्र पौडेल, #पुष्पकमल दहालहरु मधेशीलाई बडो प्रिय ।

अनि मुद्दामा प्रष्ट कुरा गर्ने, सिधा भाषामा हो/होइन भन्ने, ल्याङ्ग-ल्याङ्ग कुरा नगर्ने, झुलाएर नराख्ने #केपि शर्मा ओली चही अप्रिय किन ?

किन की मधेशीका नाममा नेतृत्व गर्नेहरुले नै मुद्दालाई झुलाएर राख्न चाहान्छन् र त्यसको नाममा सदैब राजनीति गरिरहन चाहान्छन् ।।

[नोट : हुन त उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन सपा हाल जसपाको एउटा घटक पनि यसै ओली सरकारमा त्यो बेला गएको है तर त्यो सत्ता सम्झदारी प्रचण्डको अगुवाईमा भएको थियो र ओलीले नचाहँदा चहँदै पनि उपेन्द्र यादवलाई सरकारमा लिनु परेको थियो ।

त्योबेला पनि ओलीले राजपालाई सरकारमा ल्याउन चाहान्थे तर प्रचण्डले जवजस्र्ती यादवलाई सरकारमा प्रवेश गराएका थिए । तर अहिले ओलीले आफै अग्रसरता देखाएका छन् ।

वास्तविक मधेशी मुद्दाको सम्बोधन गरेर त्यसको गुडवील ओलीले लिन चाहोका छन् यसअघि गरेको भए त्यसको गुडवील प्रचण्डले पाउँथे । अहिलेको सरकारमा जाँदा जसपाले मज्जाको भाउ पनि पाउँनेछन् किनकी सरकार २ दलको मात्र हुनेछ । ]

#अपनाकामबनता_भाडमेजाएजनता
#बातकरताहैनोट

वीरेन्द्र केएमको फेसबुक वालबाट

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्