Logo
१६ बैशाख २०८१, आईतबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारी चालक अनुमतिपत्रमा मास्क लगाइएको तस्वीर छापिएपछि…!

अमेरिकामा एक महिलाले सवारी चालक परिचय पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अमेरिकाको क्यालिफोर्निया निवासी लेस्ली पिल्ग्रीम नामक एक महिलाले सवारी चालक परिचय पत्र अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको हो ।

स्थानीय सवारी साधन विभाग ९डीएमभी० ले जारी गरेको उनको मास्क लगाएको तस्वीरसहितको परिचयपत्रको अहिले संसारभर चर्चा भईरहेको हो ।

हन्टिङटनबिच निवासी लेस्लीले बताए अनुसार उनी सवारी विभागमा मास्क लगाएर पुगेकी थिईन्।जहाँ उनले लाइनमा सबैभन्दा अगाडि रहेको बताउँदै क्यामेरासामु उभिँदासम्म आफुले मास्क लगाइनै रहेकी र फोटो खिच्न मास्क खोल्न लगाउने अनुरोधको प्रतीक्षामा रहेको बताएकी छन् ।

तर, कसैले केही पनि नभनि मास्क लगाइएकै अवस्थामा आफ्नो तस्वीर खिचिसकेको उनको भनाई छ।तस्वीर खिच्ने कर्मचारीले आफ्नो गल्ती महसुस गर्दै उनलाई मास्क खोल्न लगाएर अर्को तस्वीर खिचेको भएपनि उनको सवारी चालक अनुमती पत्रमा भने मास्कसहितको पहिलो तस्विर नै छापिएर आएको उनको भनाई रहको छ।

तस्विरमा उनको आँखा, आँखीभौं र निधार, केश र घाँटी मात्र देखिएको छ । सवारी चालक अनुमती पत्र जारी गर्ने एमभीले हाल पुनः उनीसँग भेटेर माफी माग्दै नयाँतस्वीर सहितको अनुमती पत्र जारी गर्ने तयारी गरिसकेको छ ।एजेन्सी

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्