Logo
१८ बैशाख २०८१, मंगलबार
(March 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसलासंगै प्रकाश अर्याललाई चिठ्ठा: सरकारले अर्को निर्णय गर्दे !

विशेष संवाददता, काठमाडौ । सर्वोच्च अदालतले सरकारको निर्णयमा त्रुटी भन्दै आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्ति नै बदर गरेपछि सरकारले अर्को निर्णय फेरी गर्ने भएको छ ।

श्रोतले भने ‘सरकारले फेरी अर्को निर्णय गर्ने छ, तर उस्ले नवराज सिलवाललाई भने नियुक्त गर्ने छैन । तर्सथ अब प्रकाश अर्यालको भाग्य खुल्न लागेको हो ।’

सर्वोच्चको फैसलासँगै चन्दलाई पदबहाल हुने बाटो रोकिएपनि सरकारलाई अर्को निर्णय गर्नुपर्ने बाध्यता भएको छ सरकार निकट श्रोतले भने नवराजलाई नियुक्त गर्न पहिला पनि सरकारले चाहेको थिएन त्यसैले अब प्रकाशलाई नियुक्त गर्ने तयारी सरकारको रहेको छ ।

सर्वोच्चको फैसलापछि पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई प्रहरी महानिरीक्षक हुने बाटो खुलेको भनिएपनि त्यस्तो कुनै संंभावना नरहेको श्रोतको दावी छ । फागुन १ गते प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा पहिलो वरीयताका नवराज सिलवाल र दोस्रो वरीयताका प्रकाश अर्याललाई पन्छाउँदै तेस्रो नम्बरका चन्दलाई बढुवा गरेको थियो ।

बढुवा गरेको केही घण्टामै प्रधानन्यायाधीश कार्कीकै इजलासले महानिरीक्षक बढुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । चन्दको बढुवाविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र पहिलो नम्बरका सिलवालले अलग अलग मुद्धा हालेका थिए ।

पटक पटकको सुनुवाईपछि अन्तरिम आदेशलाई सदर गर्दै न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले दुवै डीआईजीको कार्यसम्पादन मूल्यांकनको फाइल मगाएको थियो । तर, नियुक्तिमा गम्भीर कानुनी प्रश्न उठेको भन्दै मुद्दालाई पूर्ण इजलासमा पठाइयो थियो ।

प्रकाशित मिति: Mar 21, 2017

प्रतिक्रिया दिनुहोस्