Logo
१९ बैशाख २०८१, बुधबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबदेखि भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य

अबदेखि भारत जाने यात्रुले पीसीआर रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने भएको छ ।

अनलाइनमा पीसीआर नेगेटिभ आएको रिपोर्ट अपलोड नगरी यात्रा गर्न खोजे अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जानकारी दिएको छ ।

नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो ।

तर, अब यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ । अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।

भारत सरकारले कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिपोर्टसमेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम ल्याएको हो ।

यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ ।

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्