Logo
२५ बैशाख २०८१, मंगलबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीविरुद्ध अपहेलना मुद्दा सर्वोच्चमा दर्ता

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अपहेलना मुद्दा सर्वोच्चमा दर्ता भएको छ ।

प्रधानमन्त्री विरुद्ध माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अपहेलनाको मुद्दा पेश गरेका थिए । २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन्।

त्यस्तै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेक थिए।

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्