Logo
१८ बैशाख २०८१, मंगलबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबसम्म ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन : खनाल

नेकपा दाहाल-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले जबसम्म केपी ओलीले घुँडा टेक्दैनन तवसम्म आन्दोलन नरोकिने बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका हुन् ।

खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन ।’

उनले केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व भएको बताएका छन् ।उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई उनले राजनीतिक कदम भनेपनि त्यो घटना राजनीतिक हुनै नसक्ने दावी गरे ।

केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व भएको ।ओलीले बालुवाटारमा बसेर बालुवाटारकै समुह नेकपा आधिकारिक पार्टी भन्ने गरेको भन्दै खनालले एक पटक सडकमा आएर हेर्न आग्रह गरे ।

उनले नेपालका न्यायमुर्तिहरुले नेपालका जनताले के भन्दैछन् भनेर सुनिरहेको भन्दै निर्वाचन आयोग पनि हुकुमी शासनले नबनाएको बताए ।

‘म केपी ओलीलाई सडकमा आएर हेर्न आग्रह गर्छु । कुन पार्टी आधिकारिक हो भन्ने कुरा,’ उनले संसदको पुर्नस्थापनाको विकल्प नभएको पनि बताए ।

उनले निर्वाचन आयोगले पनि प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता दिनेमा दुईमत नरहेको बताए ।

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्