Logo
१९ बैशाख २०८१, बुधबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : यो जोडी जसले जनावरलाई पाहुना बनाएर गरे विवाह !

विवाह मानिसको जीवनको एक खास कर्म मान्ने गरिन्छ त्यसैले मानिसले विवाहलाई भव्यतरिकाले गर्ने प्रचलन रहेको छ ।

विवाह खास बनाउनको लागि मानिसले लाखौँ खर्च गर्ने गर्छन् । तर अहिलेको बर्तमान समयमा विवाह गरीबको लागि धेरै भारी पर्ने गरेको पाइन्छ ।

कसैले त आफ्नो क्षमता भन्दा पनि धेरै खर्च गरेर विवाह गरेका हुन्छन् ।विशेष गरी विदेशमा प्राय मानिसहरुले आफ्नो विवाहलाई सम्झन योग्य बनाउने गर्छन् ।

आफ्नो विवाहलाई अरुको भन्दा फरक तरिकाको होस् भन्ने सोच राख्ने गर्छन् ।सामान्यतया विवाहको पार्टीमा मानिसको उपस्थिति हुने गर्छ तर आज हामी तपाईलाई विवाहमा जनावरलाई पाउना बनाएको घटनाबारे जानकारी दिन गइरहेका छौ । यो घटना इंग्ल्यान्डको हो ।

इंग्ल्यान्डमा एक जोडीले विवाहमा त्यस्तै आश्चर्य लाग्दो तरीका अपनाएर विवाह गरेका छन् ।फ्रिक्ली र उनकी प्रेमिका जेटेट स्टिलले विवाहमा केही जनावरलाई पाहुना बनाएका छन् ।

उनीहरुको विवाहमा बिच्छी, अजिंगर, बादर लगायत जम्मा ३० वटा जनावरहरुलाई निमन्त्रणा दिइएको थियो ।

विवाहका आएका अन्य पाहुनाहरुले यी जनावरहरु हेरेर खुशी हुँदै फोटोशुट गराएका थिए । इंग्ल्यान्डमा एक कम्पनीले विवाहमा जनावर चाहिएमा उपलब्ध गराइदिने गर्दछ ।

यो कम्पनीको नाम द पार्टी एनिमल्स राखिएको छ । यस कम्पनीले दुई घन्टाको लागि १० हजार रुपैयाँ चार्ज लिने गर्छ । एजेन्सी

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्