Logo
१७ बैशाख २०८१, सोमबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा जीप दुर्घटना हुदाँ चालकको मृत्यु, तीन जना घाइते

सुदूरपश्चिम प्रदेश अन्तरगत रहेको बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

उक्त दुर्घटना चालकको घटना स्थलमै मृत्यु भएको हो भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

आज बिहान ५ बजेतिर जयपृथ्वीराज मार्गअन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से १ ज ८४३ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा बझाङको बुंगल नगरपालिका-११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबैतडीले जानकारी दिएको छ ।

बैतडीको पुर्चौड नगरपालिका-४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर छ ।

दुर्घटनामा अर्का घाइते बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्