आइफोन ११ को डिस्प्लेमा समस्या आए एप्पलले सित्तैमा डिस्प्ले फेरिदिने
आइफोन ११ को डिस्प्लेमा समस्या, एप्पलले सित्तैमा डिस्प्ले फेरिदिने ।
अब एप्पलको आइफोन ११ को डिस्प्लेमा समस्या आए निःशुल्करुपमा फेरिदिने भएको छ । ग्राहकको गुनासोलाई मध्यनजर गर्दै एप्पलले आइफोन ११ को डिस्प्ले निस्शुल्करुपमा परिवर्तन गरिदिने कार्यक्रम सुरु गरेको छ ।
२०१९ को नोभेम्बर देखि सन् २०२० को मे महिनाको बीचमा उत्पादन भएका आइफोनहरुमा यस्तो समस्या देखा परेको एप्पलले जनाएको छ ।
एप्पलको आइफोन ११ को डिस्प्लेमा समस्या देखिएको छ ।एप्पलका अनुसार आइफोन ११ को डिस्प्लेमा यस्तो समस्या देखिएको छ जसका कारण डिस्प्लेमा छुँदा रेस्पोन्ड हुँदैन ।
एप्पलले आफ्नो सपोर्ट पेजमा बताए अनुसार आइफोन ११ को डिस्प्ले मोड्युलमा केही समस्या देखा परेको छ ।
एप्पलले अघिल्लो वर्ष आइफोन ११ प्रो तथा आइफोन ११ प्रो म्याक्स मोडेलसँगै आइफोन ११ संस्करण बजारमा ल्याएको थियो ।आइफोन ११ मा ६.१ इन्चको लिक्विड रेटिना एचडी डिस्प्ले रहेको छ ।
आइफोन ११ लञ्च भएको करिब एक वर्षभन्दा धेरै समय बितिसकेको छ ।एप्पलको डिस्प्ले प्रतिस्थापन योजनामा आइफोन ११ लञ्च भएको दुई महिनापछि अर्थात् नोभेम्बरबाट उत्पादन भएका ह्याण्डसेटमात्र योग्य हुनेछन् ।
आइफोन खरिद गरेको दुई वर्षसम्म यो अफर जारी रहनेछ । साथै आफै रकम तिरेर यस्तो समस्याग्रस्त आइफोन डिस्प्ले मर्मत गराइसकेका प्रयोगकर्ताले चाहिँ लागेको खर्च बराबरको रकम शोधभर्ना पाउने पनि एप्पलले जनाएको छ ।
आइफोन ११ को डिस्प्लेमा पत्ता लागेको आम समस्या बाहेक अन्य टुटफुट वा अतिरिक्त समस्याहरुको मर्मतका लागि चाहिँ प्रयोगकर्ताले रकम तिर्नुपर्ने हुनसक्ने एप्पलले प्रष्ट पारेको छ । एजेन्सी