Logo
१८ बैशाख २०८१, मंगलबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा आज थप ३ हजार ९३ जनामा कोरोना संक्रमण, २१०८ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको मध्ये ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज संक्रमणमुक्त हुनेको संख्या २ हजार १०८ छ।

योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्।पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्