हेटौँडा सिमेन्ट उद्योगले माग्यो ३८ हजार ६९५ कामदार
हेटौँडा सिमेन्ट उद्योगले सूचना जारी गर्दै ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको छ ।
उद्योगद्वारा जारी गरिएको सूचना अनुसार उद्योगलाई २ हजार ९२० जना दक्ष र ३५ हजार ५७५ जना अदक्ष कामदार आवश्यक भएको जनाएको छ ।
कामदारको आपूर्तिका लागि लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।
थप जानकारीको लागि यो www.hetaudacement.gov.np हेर्न सक्नु हुने छ ।