Logo
१८ बैशाख २०८१, मंगलबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा सामान्य गिरावट, कारोवार रकममा भने उच्च बृद्धि – तालिकासहित

काठमाडौं, ९ फागुन । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्सेमा सामान्य गिरावट देखिए पनि कारोवारमा रकममा भने उच्च बृद्धि देखिएको छ । नेप्से आज चार दमसलव २४ अंकले घटेर १३ सय ६५ दसमलव ११ अंकमा कायम रहेको छ ।

नेप्से सेन्सिटिभ पनि शुन्य दसमलव ८८ अंकले घटेर दुुई सय ९७ दसमलव २८ अंकमा कायम रहेको छ । कुल एक सय ३६ कम्पनीहरुको सात हजार नौ सय ५० वटा कारोवारमाा १५ लाख नौ हजार आठ सय ७८ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम ८१ करोड ९८ लाख ५२ हजार पाँच सय ५८ रुपैयाँ पुगेको छ ।

सबैगरी आज सात वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको कारोवार बढेर बाँकी पाँच वटा समुहको कारोवार घटेको छ । उच्च अंकले घटेको बिकास बैक समुहको सुचक १० दसमलव ७९ अंकले घटेर १४ सय ५० दसमलव ३६ अंकमा कायम रहेकोमा ११ करोड एक लाख २० हजार रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैंक समुहको सुचक चार दमसलव ३८ अंकले घटेर १३ सय दुुई दसमलव ३९ अंंकमा कायम रहेकोमा २८ करोड ९९ लाख ३८ हजार रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुचक पनि आज तीन दसमलव ९८ अंकले घटेर १५ सय ७४ दसमलव ४७ अंकमा कायम रहेकोमा दुुई करोड १४ लाख ७० हजार रुपैयाँको कारोवार भएको छ ।

यसबाहेक फाईनान्स र अन्य समुहको सुचक पनि आज घटेको छ । कारोवार बढ्ने समुह अन्र्तगत आज बीमा समुहको सुचक ३६ दसमलव १२ अंकले बढेर छ हजार एक सय ४१ दसमलव ९५ अंकमा कायम रहेकोमा ३४ करोड ४५ लाख ३८ हजार रुपैयाँको कारोवार भएको छ भने होटल समुहको सुचक सामान्य अंकले बढेको छ ।

कमाउने कम्पनीको सुचीमा आज आईएलएफसिओ माईक्रो फाईनान्स परेको छ भने गुुमाउने कम्पनीको सुचीमा भार्गभ बिकास बैैंक अग्रस्थानमा परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य   बढेको मुल्य
आईएलएफसिओ माईक्रो फाईनान्स   ६०५ १०
२  बिजय लघुबित्त बित्तीय संस्था   ७७१   ९.९९
महिला सहयात्रा बित्तीय संस्था     ६७३ ९.९७
मिसन डेभलपमेन्ट बैंक     ५१८ ९.७५
५  रिलायवल माईक्रो फाईनान्स    १०१० ९.१९

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य घटेको मुल्य
भार्गभ बिकास बैंक        ३६९ ५.३८
सिभिल बैंक      २१५   ४.४४
छिमेक लघुबित्त बिकास बैंक      १०१८ ३.९६
४  राष्ट्रिय बीमा कम्पनी      १२८८९  ३.९५
स्वरोजगार लघुबित्त बिकास बैक      १४७८ ३.९०

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी  ४२०७८८७३  २३३५
२  बैक अफ काठमाडौ लुुम्बिनी    ३२१३३०७५ ५४६
 शिखर इन्स्योरेन्स     ३१७०१०४१ १९३७
प्रभुु बैंक      २७३१८३९५ ३१५
प्रभुु इन्स्योरेन्स कम्पनी     २३७२०६४६ १०२०

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्