Logo
१९ बैशाख २०८१, बुधबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातो मछिन्द्रनाथको रथलाई आज बुंगमति लगिँदै

रातो मछिन्द्रनाथको रथलाई आज सोमबार बुंगमति लगिने ज्यापु समाजका वरिष्ठ उपाध्यक्षले जनाएका छन् ।

ज्यापु समाजको समन्वयमा बुंगमतिबाट आएका पूजारीहरुको साथमा मछिन्द्रनाथलाई बुंगमति लैजान लागिएको ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले जानकारी दिए।

रातो मछिन्द्रनाथलाई पूजा गर्ने साइत १० : ०५ मा निश्किएको र लिन भने दिउँसो आउन लागिएको रातो मछिन्द्रनाथ पूजारी संघका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए ।

‘बिहानको साइतमा रथमा भएका पूजारीले पूजा गर्छन् र लिन जानलाई हामी २ बजे पुग्छौ होला।’ शाक्यले भने, ‘हाम्रो ललितपुर महानगरपालिका वडा नम्बर २ ले १५० स्वयंमसेवकलाई परिचालन गरेर घेरमा राखेर ल्याउने व्यवस्था मिलाएको छ।’

महर्जनका अनुसार रातो मछिन्द्रनाथलाई लैजानको लागि २०० जना स्वंमसेवक सहभागी हुने छन् । मानिसको भेलाको लागि जिल्ला प्रशासन कार्यलयसँग अनुमति लिने प्रक्रिया भईरहेको महर्जनले जानकारी दिए।

शाक्यका अनुसार देवता बोक्ने ८ जनाले ४ दिन अगाडिबाट एक छाक खाएर बसेका हुन्छन्। उनीहरुको खानको समय मिलाउनु पर्ने भएकोले पनि १० बजे नै मछिन्द्रनाथलाई लिन जान सकिएन। शाक्यका अनुसार मंगलबजारबाट नाङ्गो खुट्टाले हिँडेर भगवानलाई ल्याउँदा लगभग ३ बज्न सक्छ।

वर्ष र सहकालका देवता रातो मछिन्द्रनाथ जात्रा लामो समयसम्म संभव नभएपछि स्थानीयले आफैले रथ तानेका थिए। यही रथ तान्नेक्रममा प्रहरीसँग स्थानीयको झडप हुदाँ दुबै पक्षको व्व्यति घाइते भएका थिए ।

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्