Logo
१८ बैशाख २०८१, मंगलबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भावी IGP’ सिलवालको यस्तो छ,‘मिटर ब्याज’ कहानी (भिडियो सहित)

काठमाडौं । नेपाल प्रहरीमा नयाँ आइजीपी नियुक्तिको लागि समय नजिकिदैं जाँदा नयाँ आइजीपी कस्ता आउलान भन्ने चर्चा बजारमा चलेको छ । यस्तोमा नयाँ आइजीपीका लागि दाबेदार भनिएका हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) नबराज सिलवालको ‘मिटर ब्याज’ कहानी चर्चाको विषय बनेको छ । गत सोमबार मिटर ब्याज कहानीमा पीडित भनिएका जग्गा व्यवसायी सम्भु थापा भनिने गुनबहादुर थापाका छोरा सागर थापाले पत्रकार सम्मेलन गरेपछि थप रहस्य बाहिर आएका छन् ।

पत्रकार सम्मेलनमा थापााले सिलवाललेृ प्रहरी शक्तिको नाजायज फाईदा उठाउँदै आफ्नो बुवालाई जेलमा राखेको बताए । ‘डिआइजी सिलवाल र मेरो बुबाबीच भएको लेनदेनमा लिएको रकमभन्दा दोब्बर रकम चुक्ता भइसकेको छ भने हाम्रो जग्गासमेत कब्जा भएको छ, अहिले हामीलाई सडकमा पुर्याइएको’, थापाले भने । थापाले प्रहरी मुख्यालय, अख्तियार लगायत सबै निकायमा आफ्नो समस्या पु्र्याउदा पनि कुनै पनि निकायबाट सुनुवाई नभएको र शक्तिको आडमा हामीहरु पीडित बनेको बताए । ‘हामीले यस भन्दा अगाडी ५ वटा पत्रकार सम्मेलन गरीसक्यौ तैपनि राज्यका सम्बन्धित निकायहरु हाम्रो विषयमा किन छानबिन गर्दैन । न त मिडयाले नै चासो दिन्छ ।

यी सबै कुराले लाग्छ यो देशमा कुनै कानुन नै छैन । हामी विगत ७ वर्ष देखि एक उच्च प्रहरी आधिकारीको चपेटामा छौँ । राज्यसँग हाम्रो माग यति मात्र हो की हामी पीडित भयौँ, हाम्रो छानबिन होस् । हामी गलत भए हामी माथि कारबाही होस्, हैन भने हामी माथि अन्याय गर्नेलाई कारबाही हुनुप¥यो । तर हामीलाई बिस्तारै बिस्तारै समाप्त पार्ने खेल भईरहेको छ । सम्बन्धित पक्षहरु यी सबै कुरामा जानकार छन् । तर हामीलाई कुनै उद्धार गर्ने कार्य गर्दैन, न त हामीलाई गलत ठहराई कारबाही नै गर्छ ।

निज सिलवालले मेरा बुवालाई पक्राउ गरे पश्चात विभिन्न व्यक्तिहरु प्रयोग गरी मलाई आप्mनो कार्यलयमा भेट्न बोलाई निज विरुद्ध मैले आवाज उठाएमा अप्ठेरोमा पर्छौ, तिम्रा बुवा मेरा विरुद्ध बोलेका कारण आज जेलमा बस्नु परेको छ । चुपचाप आपूmसँग भएको प्रमाण मलाई सुम्पिएर नवराज सिलवाल र हामी बीच कुनै सम्बन्ध छैन भनेर प्रेस विज्ञप्ती सार्वजनिक गर्नु नत्र तिमी र परिवारले पनि दुःख पाउछौँ । जुन कुराको पनि मसँग प्रमाण छ,’थापाले पत्रकार सम्मेलनमा भने ।

थापाले भने–‘हामीले आज समेत उहाँका विरुद्धमा ६ वटा पत्रकार सम्मेलन गरी सक्यौ । उहाँले प्रहरी सँगठनका लागी धेरै ठुला–ठुला कार्यहरु गर्नु भएको छ । हामीले उहाँका यी राम्रा कामहरुको बाबजुत पनि उहाँ माथि आज सम्म ६ पटक सम्म दाग लाग्ने कार्य गरेका छौँ । तर उहाँ हामीले लगाएका आरोप गलत प्रमाणित गराई किन हामी माथि कारबाही गर्दैनन् । यसरी हामी माथि राज्य शक्तिको आडमा नवराज सिलवाल निरन्तर लागी रहेको छन् ।

मानव बेचविखन जस्तो गंभिर प्रकृतिको मुद्दा कुनै व्यक्ति विरुद्ध कपोकल्पित कथा बनाई दर्ता गराउनु प्रहरी संगठन जस्तो जिम्मेवार संस्थाका लागि कति सुहाउँदो हो ? र, डिआईजी जस्तो जिम्मेवार पद ओगटेको व्यक्तिले यस्तो कपोकल्पित मुद्दा बनाई नागरिक विरुद्ध दर्ता गराउन पाउने छुट रहने हो भने आम नेपालीको सुरक्षा के हुने ? यो सोचनिय विषय हो ।

आम नागरिकको संरक्षकको भूमिका निर्वाह गर्नु पर्ने डि.आई.जीबाट आफ्नो स्वार्थपूर्ति गर्नका लागि कपोकल्पित र झुट्टा मुद्दा लगाई फसाउने कार्य भइरहने हो भने जनताको प्रहरी प्रति कसरी विश्वास बढ्न सक्छ ? रक्षक नै भक्षक भएपछि संगठनको गरिमा कहाँ पुग्छ ? के यो प्रहरी राज हो ? र एउटा गरिमामय पदमा बसेको व्यक्तिले यस्ता कु–कुतर्क गर्न कदापी पाईदैन यस विषयमा समेत छानविन गरी पाउँ । मेरो बुबाले आजसम्म न त कोशी, मेची अञ्चलमा पाइला टेक्नु भएको छ न त भारत नै जानु भएको छ भने कसरी मानव बेचविखन सम्भव भयो ? छानविन गरिपाउँ ।’

सिलवाल र चितवनको भण्डारा गाविस घर भएका जग्गा व्यवसायी सम्भु थापा भनिने गुनबहादुर थापाबीचको लेनदेन बिवाद अहिले पनि चर्चित छ । सिलवालसँग ऋण लिएका गुनबहादुर अहिले बैंकिङ कसुर मुद्दा अन्तर्गत पुर्पक्षका लागि मकवानपुर जिल्लाको भीमफेदी कारागारमा थुनामा छन् । यता डिआइजी नवराज सिलवाल भने नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजीपी) बन्ने दौडमा छन् । नवराज सिलवाल र गुनबहादुर थापाबीच २०६६ मंसिरमा परिचय भएको थियो ।

त्यतिबेला नवराज सिलवाल प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)का रुपमा नेपाल प्रहरीको जनकपुर अञ्चल प्रमुख थिए । र, नवराज र गुनबहादुरबीच चिनजान गराउने व्यक्ति थिए काभ्रे कानपुरका विरेन्द्रलाल श्रेष्ठ । विरेन्द्रलाल श्रेष्ठ प्रहरीका उच्च अधिकारीको पैंसालाई ब्याजमा लगाउने एजेन्टका व्यक्तिका रूपमा चिनिन्छन् । गुनबहादुर थापा परिवारका अनुसार सिलवालसँगको पहिलो भेटमा पनि उनीहरुबीच पैसा ब्याजमा लिने र दिने विषयमै छलफल भएको थियो ।

परिचय भएको केही दिन पछि २६ मंसिर २०६६ मा गुनबहादुरले नवराज सिलवालबाट ६ महिनाका लागि १ करोड ऋण लिएका थिए । जसको प्रतिमहिना ९ लाख रुपैयाँ ब्याजमात्रै तिर्नुपर्ने सिलवालको शर्त थियो । त्यसपछि १४ माघ २०६६ मा सिलवालले एक्जिम बहुउद्देश्यिय सहकारीका सञ्चालक कोमलकुमार श्रेष्ठलाई एक हप्ताका लागि २ करोड ऋण दिए । जसको एक हप्ताको ब्याजमात्रै २० लाख रुपैयाँ दिनुपर्ने सिलवालको शर्त थियो । सिलवालको नजिकको मान्छे तथा गुनबहादुरका सामान्य चिनजानका व्यक्ति कोमलकुमार श्रेष्ठलाई २ करोड ऋण दिँदा सिलवालले गुनबहादुरलाई जबरजस्ती जमानी बस्न लगाएको परिवारको भनाई छ ।

सिलवालले आफ्नै मान्छेलाई दिएको ऋणमा गुनबहादुरलाई जमानीमा बस्न लगाइ उनको काभ्रेपलान्चोक जिल्ला, पाँचखाल गा.वि.स वडा नं.–२ सिट नं. १३२९, कि.नं. १२६, क्षे.फ. १–४–२–१र२, कि.नं. ४१७, क्षे.फ. २–४–३–१, कि.नं. ७१३, क्षे.फ. १–६–२–१र४ र कि.नं. १२५ क्षे.फ. १–१–२–० को सात रोपनी जग्गा आफ्नी जेठी सासू सुलोचना ढकालका नाममा धितो बन्धकी राखे ।

पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्ती

मिति : २०७३।१०।१७
आदरणीय पत्रकार मित्रहरु,
म सागर थापा हाल नेपाल प्रहरीका डि.आ.जी तथा सि..आई.बी प्रमुख नवराज सिलवालद्वारा पीडित गुन बहादुर थापा (शम्भु) को जेठो छोरा र हामी सम्पुर्ण पीडित परिवारहरु यस छैटौँ पत्रकार सम्मेलन मार्पmत हामी माथी पद र पैसाको आडमा विगत ७ वर्ष देखि निरन्तर हुँदै आएको अन्याय र अत्याचारको पर्दाफास गर्न यस होटल माउटेनमा उपस्थित भएका छौँ ।
नेपाल प्रहरीका तत्कालिन एसएसपी, हाल प्रहरी नायव महानिरीक्षक डिआइजी नवराज सिलवालसँग मेरा बुवा गुन बहादुर थापाले मिति २०६६ मंसिर २६ गते १ करोड रुपियाँ अर्जुन लुईटेल भन्ने व्यक्तिका लागी जमानी बसि छ महिनाका लागि सापटी लिई दिनुभएको थियो । त्यस्तै मिति २०६६ माघ १४ गते कोमलकुमार श्रेष्ठका लागी हप्ताको २० लाख ब्याजको सर्तमा बुवाको जमानीमा नवराज सिलवालले २ करोड रकम एक हप्ताका लागि दिएका थिए । निज नवराज सिलवालले बुवा जमानी नबसे नदिने भनेपछि साथीको हितका लागि भनि जमानी बस्नु भएको थियो । यसका लागि बुवाले मकवानपुर जिल्लाको मनोहरी गाविसमा रहेको १ विघा जग्गा (तत्कालीन अवस्थामा १ करोड र हाल साढे २ करोड) मूल्याङ्गकन हुने तथा काभ्रे जिल्लाको धुलिखेलको अरनिको राजमार्गमा रहेको ६ रोपनी जग्गा (तत्कालीन अवस्थामा साढे २ करोड हाल ४ करोड) मूल्याङ्गकन हुने जग्गा धितो राख्नु भएको थियो । १ करोड रुपियाँको १ सय १० प्रतिशत ब्याज अर्थात् महिनाको ९ लाख लिने गरि रकम दिएकोमा बुवाले ५ महिनाको ४५ लाख र मिति २०६७ जेठ २९ गते साँवा सहित एक महिनाको ब्याज गरेर १ करोड नौ लाख गरी छ महिनामा १ करोड ५४ लाख भुक्तान गर्नुभयो ।
तर नवराज सिलवालसँग कोमलकुमार श्रेष्ठले एक हप्ताको ब्याज बीस लाख वुझाउने सर्तमा लिएको २ करोड रुपियाँ श्रेष्ठले नतिरेपछि सिलवालले बुवालाई फोन गरि नतिरेको जानकारी गराई बुवालाई २० लाख २०६६ माघ २१ गते (एक हप्ताका) तिर्न बाध्य बनाईयोे । त्यसपछि दुवै वीच हप्ताको २० लाख ब्याजलाई घटाएर हप्ताको १२ लाख ब्याज तिर्ने गरी पुनः ६ महिनाको लागी सम्झौता भयो । तर त्यस अवधीमा कोमलकुमार श्रेष्ठ सम्र्पकमा नआएपछि जमानी वस्ने तँ होस् मेरो पैसा तैँले नै तिर्नपर्छ भन्दै सिलवाल बुवालाई धम्काउन थाले । त्यसपछि बुवाले जग्गा बेचेर २०६७ असार ७ गते साँवा ब्याज जे भनेपनि २ करोड ११ लाख बुझाउनु भयो । अनि बुवाले निजसँग मैले लिएको पनि होइन, यो भन्दा बढी तिर्न सक्दिन, अरु कुरा कोमल श्रेष्ठलाई नै भन्नुस् । मेरो जमानी राखेको जग्गा फिर्ता गरिदिनुस् भन्दै आग्रह गर्नुभयो ।
उनले यसलाई कमजोरी ठानी उल्टै जग्गा फिर्ता हुनुको सट्टा विभिन्न व्यक्ति प्रयोग गरी धम्काउने, वर्दी र पदको दुरुप्रयोग गर्दै विभिन्न वहानामा फसाउने, यातना दिने, थुन्ने लगायतका काम गर्न थाले । जुन कारण समाजमा बुवा निस्फिक्रीसँग हिँड्डुल समेत गर्न पाउनु भएको थिएन । बुवाले ६ महिनाको अवधीमा ३ करोड रुपियाँको ४ करोड ७६ लाख रुपियाँ तिर्दा समेत अनेक षड्यन्त्र गरेर फसाउने, मिडियावाजी गर्ने, धम्काउने कार्य जारी थियो । यसरी सिलवालले ५ सय २५ प्रतिशत सम्म ब्याज (२ करोडको हप्ताको २० लाख) लिएर एक सर्वसाधरण माथी पदको आडमा अन्याय गरेका छन् । यो कुरा तपाईहरुले नवराज सिलवालको हस्तलिखित र अडियोबाट प्रमाणीत गर्न सक्नु हुनेछ ।
निज सलिवालले बैकिङ्ग कसुर र चेलिबेठी बेच बिखिनको झुठ्ठा मुद्दामा फसाउने तयारी गरेको थाहा पाएपछि बुवाले मिति २०७२ चैत्र २२ मा होटल ईन्द्रणी बानेश्वर स्थित पुन पत्रकार सम्मेलन गर्नुभयो । तर निज सिलवालले हाम्रो देशको कमजोर कानुन र पदको दुरुपयोग गरी बुवालाई बैकिङ्ग कसुरको झुठ्ठा मुद्दमा फसाएका कारण हाल मेरो बुवा भिमफेदी कारागरामा बस्न बाध्य हुनुभएको छ । मिति २०७३ वैशाख १० गते ललितपुर स्थित मालपोत कार्यलयबाट सी.आई.बी का डि.एस.पी फिरोज बस्नेतको टोलीले निज सिलवालको निर्देशनमा चितवन प्रहरीका तत्कालीन एस.एस.पी वसन्त कुँवर समेतको सहयोगमा झुठ्ठा ठगीँ उजुरीको आधारमा बुवालाई पक्राउ गराएका थिए । ठगीँ मुद्दा प्रमाणीत गर्न नसक्ने भएपछि निज सिलवालले कुँवरकै सहयोगमा बुवालाई हेटौँडा पुनरावेदन अदालतमा तयार गरेको बैकिङ्ग कसुरमा फसाए । अनि मिति २०७३।०१।१२ मा चितवन प्रहरी मार्पmत पुनरावेदन अदालतमा बुवा छुटी जानी अवस्था भएमा ईटहरीमा तयार गरेको झुठ्ठो चेलिबेटी बेच बिखन मद्दाको अनुशन्धानका लागी पठाउन पत्रचार गर्न समेत लगाएका छन् ।
जुन बेला देखि मेरो बुवा र नवराज सिलवाल बिच विवाद सुरु भयो, त्यसबेला देखि विभिन्न जघन्य अपराधसँग जोडेर केहीँ पत्रपत्रिकाहरुले बुवा विरुद्ध बिना आधार समाचार लेख्न थाले र नेपाल प्रहरीले पनि बिना कारण बुवालाई विभिन्न जघङ्य अपराध लागु औषध, अपहरणकारी जस्ता आरोपमा धर पकड गर्नथाल्यो । तर हरेक पटक डि.आई.जी नवराज सिलवाल आफै कार्यरत क्षेत्रले मात्र पक्राउ गरेको छ । सिलवाल लागु औषधमा भए लागु औषध ब्युरोले, सिलवाल हेडक्वाटरमा भए अपहरणकारी भनेर हनुमान ढोकाले, जब सिलवाल पुर्वाञ्चल क्षेत्रिय डि.आई.जी हुन्छन्, मेरा बुवा विरुद्ध ईटहरीमा चेलिबेटी बेच बिखनको मुद्दा बन्छ तर मुद्दा बन्दाको बखत प्रहरी केही गर्दैन, बुवा विरुद्ध बैकिङ्ग कसुरको मुद्दा बन्छ तर प्रहरी केही गर्दैन । नवराज सिलवाल एक उच्च प्रहरी अधिकारी, प्रहरीबाटै एक तर्फी छानबिन हुन्छ । त्यो पनि पीडित उजुरी कर्ताको वयान र उपस्थिति बिना नै । अनि पत्र बन्छ प्रहरी प्रधान कार्यलयबाट नवराज सिलवाल बेकसुर रहेको र निज गुन बहादुर थापाले बिना प्रमाण चरित्र हत्या गर्ने नियत र रिसिबीका कारण उजुरी गरेको । उक्त पत्रको आधार किन निज सिलवालले पनि कारबाही गरेनन् ।
तर जब मेरा बुवाले निजका विरुद्ध मिति २०७३।०१।१० मा पत्रकार सम्मेलन गर्नुभयो । नेपाल प्रहरीको सि.आई.बी ब्युरो जस्तो निकाय आप्mनो कार्य क्षेत्रको अधिकार समेत मिचेर चितवन प्रहरी भन्दै बिना पुर्जी अपहरणको शैलीमा ठुलै अपराधी समाए भैm पक्राउ गर्छ । एउटा अपराधीलाई पक्रिन आउदा प्रहरीले आप्mनो परिचय किन लुकाउन प¥यो ? किनभने हाल सिलवाल आपैm सि.आई.बी प्रमुख छन् । प्रहरीमा पनि केही नियमहरु छन् । जस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा अपराधि पक्रन जाँदा हेडक्वाटर र सम्बन्धित जिल्लाका सम्बन्धित प्रहरी कार्यलयलाई जानकारी गराई पक्राउ पुर्जी लिएर मात्रै पक्राउ गरिन्छ । तर बुवालाई सि.आई.बी का डि.एस.पी फिरोज बस्नेतको टोली पक्राउ गर्दा यी कुनै कार्य भएन । बुवा पक्राउपर्न साथ हामीले प्रहरी प्रधान कार्यलय, ललितपुर प्रहरी कार्यलय, हनुमाढोका लगायतका निकायहरुमा बुझ्दा कतै पनि जानकारी नभएको थाहा पाईयो । यी यस्ता कुराहरुबाट पनि प्रष्ट हुन्छ, की यी सबै हर्कत नवराज सिलावालको बुवालाई फसाउने थियो । मैले यहाँ उल्लेख गरेका सबै कुराका प्रमाणहरु मसँग छ । यी सबै प्रमाणहरु लिएर मैले सम्बन्धित सबै निकायहरुमा बारम्बार निवेदन गरी रहेको छु । तर कुनै पनि निकायले यस विषयमा कुनै छानबिन नै गर्दैन न त हाम्रो निवेदन नै दर्ता गर्छ ।
हाल बुवालाई फसाईएको बैकिङ्ग कसुर पनि शतप्रतिशत झुठो छ । बुवालाई १ करोड १५ लाख रकम बैँकबाट लिई हिनामिना गरेको अभियोगमा मुद्दा चलाईएको छ । तर सम्बन्धित नारायणी डेभलपमेन्ट बैँकले राष्ट्र बैँकलाई पठाएको रिर्पोटमा बुवाले लिएको १ करोड १५ लाख कर्जा मध्ये रु. ६५ लाख मिति २०६९।०३।१४ मा तिरी सो बापतको धितो पनि फुकुवा भईसकेको र रु. ५० लाख मात्र तिर्न बाँकी रहेकोमा उक्त बाँकी कर्जा लागी हेटौँडाको १ बिघा र चितवनको २ कठ्ठा जग्गा धितो स्वरुप रहेको भनि पठाएको छ । तर सरकारी अभियोग पत्रमा तिरी सकेको ६५ लाख कर्जालाई पनि तिरीको छैन भनि बुवालाई फसाउने नियतमा यो कार्य भएको छ । हामीले बैँकमा तिर्न बाँकी रहेको ५० लाख कर्जाको साँवा ब्याज हाल सम्पुर्ण चुक्ताई सकेको अवस्थामा पनि मेरा बुवाले छुटकारा पाउनु भएको छैन । यस विषयमा पनि सम्बन्धित निकायबाट छानबिन होस् ।
हामीले यस भन्दा अगाडी ५ वटा पत्रकार सम्मेलन गरीसक्यौ तैपनि राज्यका सम्बन्धित निकायहरु हाम्रो विषयमा किन छानबिन गर्दैन । न त मिडयाले नै चासो दिन्छ । यी सबै कुराले लाग्छ यो देशमा कुनै कानुन नै छैन । हामी विगत ७ वर्ष देखि एक उच्च प्रहरी आधिकारीको चपेटामा छौँ । राज्यसँग हाम्रो माग यति मात्र हो की हामी पीडित भयौँ, हाम्रो छानबिन होस् । हामी गलत भए हामी माथि कारबाही होस्, हैन भने हामी माथि अन्याय गर्नेलाई कारबाही हुनुप¥यो । तर हामीलाई बिस्तारै बिस्तारै समाप्त पार्ने खेल भईरहेको छ । सम्बन्धित पक्षहरु यी सबै कुरामा जानकार छन् । तर हामीलाई कुनै उद्धार गर्ने कार्य गर्दैन, न त हामीलाई गलत ठहराई कारबाही नै गर्छ । निज सिलवालले मेरा बुवालाई पक्राउ गरे पश्चात विभिन्न व्यक्तिहरु प्रयोग गरी मलाई आप्mनो कार्यलयमा भेट्न बोलाई निज विरुद्ध मैले आवाज उठाएमा अप्ठेरोमा पर्छौ, तिम्रा बुवा मेरा विरुद्ध बोलेका कारण आज जेलमा बस्नु परेको छ । चुपचाप आपूmसँग भएको प्रमाण मलाई सुम्पिएर नवराज सिलवाल र हामी बीच कुनै सम्बन्ध छैन भनेर प्रेस विज्ञप्ती सार्वजनिक गर्नु नत्र तिमी र परिवारले पनि दुःख पाउछौँ । जुन कुराको पनि मसँग प्रमाण छ ।
उहाँलाई कुनै मिडियाले हाम्रो विषयमा जानकारी लिन खोज्यो भने, उहाँ हामीलाई उहाँका प्रतिश्पर्धिहरुबाट परिचालित भएको भन्ने प्रतिक्रिया दिनुहुन्छ । तर हामीलाई कुनै कारबाही भने गर्दैनन् । हामीले आज समेत उहाँका विरुद्धमा ६ वटा पत्रकार सम्मेलन गरी सक्यौ । उहाँले प्रहरी सँगठनका लागी धेरै ठुला–ठुला कार्यहरु गर्नु भएको छ । हामीले उहाँका यी राम्रा कामहरुको बाबजुत पनि उहाँ माथि आज सम्म ६ पटक सम्म दाग लाग्ने कार्य गरेका छौँ । तर उहाँ हामीले लगाएका आरोप गलत प्रमाणित गराई किन हामी माथि कारबाही गर्दैनन् । यसरी हामी माथि राज्य शक्तिको आडमा नवराज सिलवाल निरन्तर लागी रहेको छन् ।
मानव बेचविखन जस्तो गंभिर प्रकृतिको मुद्दा कुनै व्यक्ति विरुद्ध कपोकल्पित कथा बनाई दर्ता गराउनु प्रहरी संगठन जस्तो जिम्मेवार संस्थाका लागि कति सुहाउँदो हो ? र, डिआईजी जस्तो जिम्मेवार पद ओगटेको व्यक्तिले यस्तो कपोकल्पित मुद्दा बनाई नागरिक विरुद्ध दर्ता गराउन पाउने छुट रहने हो भने आम नेपालीको सुरक्षा के हुने ? यो सोचनिय विषय हो । आम नागरिकको संरक्षकको भूमिका निर्वाह गर्नु पर्ने डि.आई.जीबाट आफ्नो स्वार्थपूर्ति गर्नका लागि कपोकल्पित र झुट्टा मुद्दा लगाई फसाउने कार्य भइरहने हो भने जनताको प्रहरी प्रति कसरी विश्वास बढ्न सक्छ ? रक्षक नै भक्षक भएपछि संगठनको गरिमा कहाँ पुग्छ ? के यो प्रहरी राज हो ? र एउटा गरिमामय पदमा बसेको व्यक्तिले यस्ता कु–कुतर्क गर्न कदापी पाईदैन यस विषयमा समेत छानविन गरी पाउँ ।

मेरो बुबाले आजसम्म न त कोशी, मेची अञ्चलमा पाइला टेक्नु भएको छ न त भारत नै जानु भएको छ भने कसरी मानव बेचविखन सम्भव भयो ? छनविन गरिपाउँ । मेरो बुबा सिन्धुपाल्चोक क्षेत्री समाजको अध्यक्ष हुनुहुन्छ । सिन्धुपाल्चोक ठूलो सिरुवारी थापागाउँबाट २०३५ सालमा चितवन भण्डारामा बसाईसरी जग्गाको कारोबार, होटल व्यवसाय समेत गरी आफ्नो सहज जीवनयापन गर्दै आउनु भएको छ । र, कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न हुनुपर्ने कारण छैन । र, बुबाको आर्थिक अवस्था बुझ्दा समेत थाहा हुन्छ । एउटा इज्जतदार व्यक्ति माथि कलंक लाग्ने प्रकृतिका मुद्दा दर्ता गराउने नवराज सिलवाल नै अपराधि हुन भन्ने हाम्रो बुझाई छ । हप्ताको १२ लाख रुपैयाँ सिलवाललाई ब्याज बुझाउने व्यक्ति के का लागि मानव वेच विखन गर्छन् ।

साथै बुवाको मनमा निज सिलवालले कारागार भित्र रहेका आपराधिक समूहलाई पैसा खर्च गराई कुनै पनि बेला बुवा विरुद्ध घटना गराउन सक्ने भय र त्रास रहेको हामी परिवारले पाएका छौं । सिलवालले बुबालाई मात्र नभई हामी परिवारका सदस्य विरुद्ध पनि बाहिर हिडडुल गर्दा जासुसी गर्न लगाएको सूचना समेत हामीले पाएको हुँदा हाम्रो समेत सुरक्षाको व्यवस्था मिलाईदिनु हुनु अनुरोध गर्दछौं । आपराधिक प्रवृतिको स्वभाव भएका उनको विगत र अहिलेको बुवा प्रतिको नियतमा कुनै पनि फेरबदल देखिदैँन । बिना आधार नाम परिवर्तन भन्दै जबर्जस्ती मानव ओसार पसारको मुद्दामा फसाउने कुण्ठित मनसायले निज सिलवालले बुबा विरुद्ध गम्भिर अपराध गरिरहेका छन् । यस मानव बेच बिखन मुद्दामा जुन महिलाहरुलाई प्रयोग गरीएको छ । ती महिला, मेरा बुवा, त्यसबेलाका ईटहरीका तत्कालीन डि.एस.पी विनोद शर्मा र तत्कालीन पुर्वाञ्चाल क्षेत्रिय डि.आई.जी नवराज सिलवाल समेत माथि पोलिग्रफ परीक्षणको समेत हामी माग गर्दछौँ ।

हामीले राज्य व्यवस्था, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यलय, अख्तियार लगायतका निकायहरुमा निश्पक्ष छानबिन गरी दोशीलाई कारबाही गर्न निवेदन दिएका छौँ । तर आजसम्म कही कतैबाट पनि न्याय नपाएको हुँदा शान्ति सुरक्षा र बाँच्न पाउने अधिकार हनन नहोस् भनेर यो पत्रकार सम्मेलन गरेका हौँ । सिलवाल माथि तत्काल छानविन नभए हामी सम्पुर्ण परिवार र अन्य सबै सिलवाल पीडितहरु आमरण अनसनमा बस्नका साथै विभिन्न खालका चरणबद्ध आन्दोलनहरु गर्नेछौ । साथै यो राज्यको कानुनले हामीलाई न्याय दिएन भने यिनका विरुद्धका प्रमाण लिएर अन्तराष्ट्रिय अदालत र मानव अधिकार समेतलाई गुहार माग्न बाध्य हुनेछौँ । विज्ञप्ती लेखिएका तथ्यहरु कोहीँ कसै प्रति पुर्वाग्रह नभई मेरा बुवाले कारागारबाट लेखि पठाएको हस्त लिखितको तथ्य, हाम्रो परिवारले आजसम्म भोगेको पीडा र यिनका विरुद्ध हामीसँग भएको प्रमाणाका आधारमा लेखेका हौँ । हामीले उल्लेख गरेका सम्पुर्ण तथ्यहरु प्रमाणका आधारमा सत्य हुन् । गलत ठहरेमा कानुन बमोजिम सहौँला बुझौँला । धन्यवाद ।।।

संलग्न प्रमाणहरु :
१. नवराज सिलवालको हस्तलिखित हिसाब विवरण – थान ६
२. नवराज सिलवाल र गुनबहादुर थापा बीच सन् २०११/०६/२६ मा कारोबारको विषयमा भएको टेलिफोन वार्ताको रेकर्ड– थान
३. हामीले विभिन्न मितिमा सरोकारवाला निकायहरुमा पठाएका किटानी निवेदनका प्रतीलिपीहरु ।
४. हामीले पटक पटक पत्रकार सम्मेलन गरी जारी गरेको पे्रश विज्ञप्ती र उक्त सममेलनका माईन्येटहरुका प्रतिलिपी ।
५. निजहरुले हाम्रा विरुद्ध विभिन्न मितिमा प्रकाशित भएका निराधार समाचारहरुका प्रतिलिपी ।
६. हामीले विभिन्न मितिमा निजहरुबाट प्रकाशन गराईएका निराधार समाचारहरु खण्डन गर्दै विभिन्न पत्रिकामा प्रकाशन गरेका समाचारहरुका प्रतिलिपीहरु ।
७. मिति २०७०/०२/२१ गते हनुमान ढोकाबाट बिना प्रमाण अपहरणमा संलग्न भन्दै दिएको पक्राउ पुजी र थुनुवा पुर्जीको प्रतीलिपी – थान १
८. मिति २०६७/७/१४ मा नवराज सिलवालको नाममा मनहरी ज्यामिरेको २८ कठ्ठा जमिन रजिष्ट्रेशन पारीत गरी दिएको पुर्जा र टे«सको प्रतिलिपी – थान २
९. नवराज सिलवाल र म सागर थापा बिच भएको भेट वार्ताको भिडियो – थान १
१०. नारायणी डेभलपमेन्ट बैँकसँग सम्बन्धित कारोबारका दस्ताबेजहरु ।
स्थान : होटल माउन्टेन, जमल काठमाडौँ ।
समय : ०२ः०० ।

प्रस्तुतकर्ता

सागर थापा
भण्डारा – २, चितवन, नेपाल ।
सम्पर्क नं.: ९८४५६९०१११/९८४५९३८२६१

जग्गा व्यापारी गुनबहादुर र प्रहरीका तत्कालिन एसएसपी नवराज सिलवालबीचको सम्बन्धमा फाटो आउनुमा प्रमुख कारक एक्जिम बहुउद्देश्यिय सहकारीका सञ्चालक कोमलकुमार श्रेष्ठ बने । कोमलकुमार पनि एक घरजग्गा व्यवसायी र सहकारीका सञ्चालक पनि हुन् । गुनबहादुर थापालाई जमानी बस्न लगाई नवराज सिलवालसँग २ करोड लिएको १ हप्तामा कोमलकुमारले ब्याज स्वरुप २० लाख रुपैयाँ तिर्नु पर्ने थियो । तर, उनी त्यसबेला सम्पर्कमा आएनन् । र, कोमलकुमारले तिर्नुपर्ने ब्याज त्यतिबेला सिलवालले जमानी बस्ने ‘तपाईं हो’ भन्दै गुनबहादुरबाट २१ माघ २०६६ मा २० लाख रुपैयाँ लिए ।

सिलवालले ब्याजस्वरुप २० लाख लिएको केही दिनपछि कोमलकुमार श्रेष्ठ गुनबहादुरको सम्पर्कमा आए । उनले तत्काल उक्त पैसा (सिलवालबाट लिएको २ करोड रुपैयाँ) तिर्न नसकिने भनेपछि प्रतिहप्ताको ब्याज २० लाखबाट घटाएर १२ लाखका दरले २ करोड ऋणको अवधि ६ महिनाका लागि बनाइयो । परिवारका अनुसार कोमलकुमार पुनः बेपत्ता भएर ऋण बुझाउनुपर्ने ६ महिनासम्ममा पनि सम्पर्कमा नआएपछि सिलवालले गुनबहादुरलाई आफ्नो पैसा दिन भन्दै धम्क्याउन थाले ।

सिलवालले लगातार धम्की दिन थालेपछि गुनबहादुरले आफ्नो केही जग्गा बेचेर ७ असार २०६७ मा कोमलकुमारले लिएको ऋणस्वरुप थप २ करोड ११ लाख रुपैयाँ दिए । उक्त अवधिमा गुनबहादुरले २६ मंसिर २०६६ मा सिलवालबाट लिएको १ करोड ऋणको पनि साँवा र ब्याज बुझाई सकेका थिए । ६ महिनाको अवधिमा गुनबहादुरले ३ करोड ऋणका लागि सिलवाललाई साँवा र ब्याज गरी ५ करोड ५० लाख रुपैयाँ बुझाए । र, त्यसपछि दृष्टि बन्धकी राखिएको आफ्नो जग्गा फुकुवा गरिदिन सिलवालसँग लगातार माग गरे ।

तर, सिलवालले कोमलबहादुरलाई दिएको २ करोड रुपैयाँको ‘ब्याजमात्रै असुल भएको साँवा आउन बाँकी रहेको’ भन्दै गुनबहादुरको जग्गा फुकुवा गर्न मानेनन् । आफ्नो जग्गा फुकुवा हुने आशले गुनबहादुरले मकवानपुरको ज्यामिरे हाइवेमा पर्ने डेढ बिघा जग्गा सिलवालको नाममा पास गरिदिएका थिए । यस्तै ज्यामिरे गाविस–७ (क)स्थित कित्ता नम्बर ८७ को जग्गा पनि गुनबहादुरले सिलवालको नाममा नामसारी गरिदिए । तर, पनि सिलवालले आफ्नो बाँकी पैसा दिनुपर्ने भन्दै धितो बन्धकीमा राखिएको गुनबहादुरको जग्गा फुकुवा गर्न मानेनन् ।

अहिले गुनबहादुरका नाममा रहेको काभ्रेपलान्चोक जिल्ला, पाँचखाल गा.वि.स वडा नं.–२ सिट नं. १३२९, कि.नं. १२६, क्षे.फ. १–४–२–१र२, कि.नं. ४१७, क्षे.फ. २–४–३–१, कि.नं. ७१३, क्षे.फ. १–६–२–१र४ र कि.नं. १२५ क्षे.फ. १–१–२–० को सात रोपनी जग्गा अहिले पनि नवराज सिलवालकी जेठी सासू सुलोचना ढकालका नाममा धितो बन्धकी छ । डिआइजी नवराज सिलवालले सम्भु भनिने गुनबहादुर थापासँग आफ्नो कुनै कारोबार नरहेको बताउँदै आएका छन् ।

सिलवाल गुनबहादुरलाई चिन्दै नचिन्ने भन्दै पन्छिन खोज्छन् । तर, हामीले प्राप्त गरेको अडियो रेकर्डमा गुनबहादुर र सिलवालबीच आर्थिक कारोबार रहेको प्रष्ट हुन्छ । १२ असार २०६८ मा गुनबहादुर र सिलवालबीच ११ मिनेट ४६ सकेन्ड फोनमा भएको कुराकानीको अडियो प्राप्त गरेको छ भन्दै जनसवालमा समाचार छ ।

#भिडियो लिंक सौजन्य: News sewa

 

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्