Logo
१८ बैशाख २०८१, मंगलबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पृथ्वी जयन्तीको बिदा नदिएको भन्दै सरकारको आलोचना

काठमाडौं, २७ पुस   । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।
बुधबार बिहान विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा लगायतका वक्ताहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा सहभागी भएकाहरुले पृथ्वी जयन्तिको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना समेत गरेका छन ।

कार्यक्रममा २ सय ९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थिति थिए ।

 

‘म प्रधानमन्त्री हुँदापनि पृथ्वीजयन्तीका दिन विदा दिन हुँदैन भन्ने प्रचण्ड थिए’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई कसैलेपनि बेवास्ता गर्न नसक्ने भन्दै आगामी वर्ष पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा दिनेबारे वर्तमान सरकारले तयारी थालेको जनाए। उनले भने,‘यसै वर्ष पनि विदा दिने मेरो सोच थियो, तर तयारी नपुगेको कारणले आगामी वर्ष विदा दिनेबारेमा हामीले निर्णय लगभग गरिसकेका छौं।’

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री दाहालले भने,‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ , हामी उहाँको योगदानको कदर गर्न तयार छौं, उहाँले खेलेको भूमिकाको सदैव सम्मान गर्न तयार छौं।’

उनले आजकै मन्त्रिपरिषदको बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको समेत जानकारी दिए। उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको योगदानलाई कसैले भुल्न नहुने बताए। अध्यक्ष ओलीले आफू पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन पहिलेदेखि नै सकारात्मक भएपनि विदा दिन भने प्रचण्डले नै नचाहेको आरोप लगाएका छन् ।

म प्रधानमन्त्री हुँदापनि पृथ्वीजयन्तीका दिन विदा दिन हुँदैन भन्ने प्रचण्ड नै हुन उनै अहिले पनि बार बने ओलीले थपे । उनले भने,‘पहिला म प्रधानमन्त्री हुँँदापनि पृथ्वीजयन्तीको दिन विदा दिनुपर्छ भनेर प्रस्ताव गरेको थिएँ, त्यतिवेलापनि अहिलेकै प्रधानमन्त्री जसले विदा दिन रोक गरे, अहिलेपनि उनै व्यक्ति प्रधानमन्त्री छन्, तपाईहरु अनुमान गर्नुहोस् कसले विदा दिन नचाहेको हो रु भनेर।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मुलुक यतिवेला संकटमा रहेको उल्लेख गर्दै भने,‘नेपालको स्वाभिमानलाई जोगाउनको लागि पनि पूर्खाहरुले खेलेको भूमिकालाई हामी सबैले कदर गर्नुपर्छ, अहिले मुलुक संकटमा छ, त्यसैले पूर्खाहरुको योगदानलाई आत्मसात गर्दै सबै दलहरु एक भएर अघि बढ्नुपर्छ।’

कार्यक्रममा प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर गुर्नपर्छ। नेपाल एकीकरणको लागि पृथ्वीनारायण शाहले खेलेको भूमिकाको लागि पार्टीले सदैव सम्मान गर्ने विश्वास व्यक्त गरे । राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीका दिन आयोजना गरेको विशेष चियापानमा मुलुकका लब्धप्रतिििष्ठत व्यक्तिहरुको उपस्थिति थियो।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्