Logo
१८ बैशाख २०८१, मंगलबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नैतिक दवाबमा राजपा : राष्ट्रियसभाको चुनावसम्म सपासँग एकिकरणको कुरा नगर्ने

समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि राष्ट्रियसभाको चुनावसम्म राष्ट्रिय जनता पार्टी नेपालले एकिकरणको कुरा नगर्ने भएको छ ।

राजपाले राष्ट्रियसभाको चुनावमा सत्ताघटक नेकपासँग सम्झौता गरेकाले समाजवादी पार्टीसँग तत्कालै एकिकरण नगर्ने देखिएको हो ।

‘सम्झौता नेकपासँग भएकाले राष्ट्रियसभाको चुनाव सपासँग कुनै खालको एकिकरणको कुरा हुँदैन’ राजपाका एक नेताले भने त्यसपछि यदि एकिकरणको कुरा होल अहिलेलाई कुनै संभावना छैन ।

यता, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अब प्रतिपक्षमा रहेर संविधान संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताएका छन् ।

राजापासँगको पार्टी एकताका लागि धेरै हदसम्म कुरा गरिसकेको धेरै कुरा मिलिपनि सकेको बताउदै अध्यक्ष यादवले राजपाको सरकार छोड्नुपर्छ भन्ने माग पुरा भएको र ऊ सकारात्मक रुपले अघि बढे एकता संभवना भएको बताएका छन् ।

यादवले संविधान संशोधनको एजेण्डा सरकारले सुन्नै नचाहेको र गणितीय हिसावले यो सरकारको दुई तिहाइको दम्भ समेत अन्त्य भएको बताए ।

आफुहरुले समावेशी सहभागिता, शासकीय स्वरुप, संघीयता लगायतका विषयमा संविधान संशोधनको मुद्दा उठाएको उनले बताए । ८ पुसमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा बुझाएका थिए।

सरकारबाट बाहिरिनुअघि ७ पुस साँझ मन्त्रिपरिषद् बैठकमा कानुनमन्त्री समेत रहेका यादवले संविधान संशोधनको प्रस्ताव पेश गर्न खोज्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्